Skip to content

अविरल वर्षापछिको बाढीले ८ करोड बढीको धान बालीमा क्षति

nabil
global ime
Exif_JPEG_420

नवलपरासी । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ ।

जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे ८ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु. ८ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताए ।

सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएएको बताए। उनले यी दुवै खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गरे।

पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताए। स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima