Skip to content

बीपी राजमार्ग बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । बीपी राजमार्गमा आजदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। असोज १० देखि १२ गतेसम्म परेको पानीले सडकमा क्षति पुर्‍याएको थियो। उक्त सडकखण्डमा नयाँ ट्र्याक खोलेर साना सवारी साधन सञ्चालन गरिए पनि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन खाल्टेले बुधबार सूचना निकालेर साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने उल्लेख गरेको हो।

बिपी राजमार्गको बर्दिवास–सिन्धुली–बर्खे खोला सडकखण्ड बन्द रहने सडक डिभिजनको भनाइ छ। सडक ट्र्याक मर्मत तथा स्तरउन्नति गर्न सडक बन्द गर्ने निर्णय भएको हो। बीपी राजमार्गको नेपालथोक–बर्खेखोला सडक करिब ४ किमी बाढीले पूर्ण रूपमा बगाएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T