Skip to content

आयोगले दियो उपनिर्वाचनमा महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन

nabil
global ime

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उमेदवारको मनोनयन पत्र पेस गर्दा महिला उम्मेदवार रहने गरी मनोनयपत्र पेस गर्नुपर्ने उल्लेख छ ।

‘उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ऐनको उपददफा १७ को ४ मा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उमेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था छ । ‘उपदफा (१) बमोजिम मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उमेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ उपदफा ४ मा भनिएको छ । तर, दलले एकजना मात्र उमेदवारी दिएमा यो उपदफाको प्रावधान लागु नहुने उल्लेख छ ।

मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima