Skip to content

आर्थिक वर्ष ०७९/८० देखि नै निर्यात अनुदान नपाएपछि उद्योगीले गुहारे अर्थमन्त्री, छिट्टै निकासा गर्ने प्रतिबद्धता

nabil
global ime

काठमाडौं । गत आर्थिक वर्ष ०७९/८० देखि नै अनुदान वापतको रकम नपाएपछि उद्योगीले अर्थमन्त्री गुहारेका हुन्। स्वदेशी वस्तु निर्यातका लागि सरकारले घोषणा गरेको अनुदान रकम नपाएको उद्योगीले गुनासो गरेका छन्।

फेडरेसन अफ नेपाल एक्स्पोर्टर्स एसोसिएसनको तर्फबाट उद्योगीहरूको समूहले अर्थमन्त्रीलाइै भेटेर ध्यानाकर्षण गराएका छन्। अर्थमन्त्री विष्णु पौडेलले उद्योगीसँगको छलफलमा समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्थमन्त्रीले समस्या समाधान गर्ने बतएपछि आफूहरू आश्वस्त भएर फर्केको चिया उद्यमी शान्ता बाँस्कोटाले बताइन्।

व्यापार घाटा बढ्दै गएको सन्दर्भमा आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिका लागि राज्यले लिएको नीति अनुरूप काम गरेको तर अनुदानको समयमा भुक्तानी नहुँदा उद्योगी हतोत्साहित बनेको दुखेसो उद्योगीको छ।

अर्थमन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा सरकारको बजेटमा निर्यात अनुमतिको प्रावधान गरिएकाले उत्साहित बनेका उद्योगी समयमा सरकारले गम्भीरता नदेखाउँदा समस्यामा परेको उल्लेख गरिएको छ।

‘समयमा अनुदान नपाउँदा आज उद्योग सञ्चालनमा ठूलो मर्का पर्न गएको छ। यसबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेट जस्ता धेरै रोजगारी सृजना गर्ने उद्योग कलकारखानामा अत्यधिक लागत वृद्धि भएका कारणले हतोत्सित भइ रूग्न हुने स्थितिमा पुगेका छन्,’ पत्रमा उल्लेख छ।

देशको मेरूदण्डको रूपमा रहेका निर्यातजन्य उत्पादन गर्ने उद्योगको लगानी सुरक्षा तथा रूग्ण हुन नदिन उद्योगीले आग्रह गरेका छन्। अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष पर्याप्त बजेट निकासा नगरेकाले समयमै अनुदान वापतको रकम भुक्तानी गर्न नसकिएको जनाएका छन्। अब भने डेटलाइट नै तोकेर निकासा गरिने प्रतिबद्धता उद्योगीसँग गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima