Skip to content

सिँचाइमन्त्री खड्काबाट माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

nabil bank

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताए । हेलिकप्टरबाट आयोजनास्थल पुगेका जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि मन्त्री खड्काले क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेकाले यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता गरे।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता जनाए । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi