Skip to content

मन्त्री यादवसँग एडीबीका देशीय निर्देशकको शिष्टाचार भेट

nabil
global ime

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड कौकोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उनीहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध विषयमा छलफल भएको छ ।

भेटमा वीगञ्ज, विराटनगर, धरान, जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध गर्ने विषयमा छलफल भएको खानेपानीमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री यादवले नेपालको तराई–मधेसमा देखिएको खानेपानीको समस्या एवं जलवायु परिर्वतनका कारण भूमिगत पानीको सतह घट्दो क्रममा रहेको विषय उजागर गरेका थिए।

मन्त्री यादवले तराईका चापाकल सुकिरहेकाले त्यहाँका नागरिकले आर्सेनिकयुक्त प्रदूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको भेटमा सहभागी सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए । उनका अनुसार मन्त्री यादव एवं कन्ट्री डाइरेक्टर कौकोइसबीच काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्नका लागि सुन्दरीजलमा थप दैनिक २५ करोड ५० लाख लिटर क्षमताको नयाँ पानी प्रसोधन केन्द्र निर्माण कार्य अगाडि बढाउने विषयमा विचारविमर्श भएको छ ।

एडीबीले नेपालका महत्त्वपूर्ण विकासका आयोजनामा गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री यादवले आगामी दिनमा समेत सहकार्य हुने आशा व्यक्त गरे ।

सो अवसरमा निर्देशक कौकोइसले एडिबीले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगको निरन्तरता रहने प्रतिबद्धता गर्नुभएको सहसचिव दुवाडीले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima