काठमाडौं । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशीत विवरण अनुसार होटलको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । होटलको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो ।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत घटेको छ भने कुल आम्दानी १.०४ प्रतिशत घटेको छ । त्यस्तै, होटलको वित्तीय खर्च समीक्षा अवधिमा ७.०६ प्रतिशत र वित्तीय खर्च १५.२७ प्रतिशत घटेको छ ।
१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा होटलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्