Skip to content

चीनबाट अनुदान लिने हो, ऋण लिनु हुँदैन : देउवा

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन्।

ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको सभापति देउवाले बताए। ‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं,’ सभापति देउवाले भने।

चीन नेपालको मित्र राष्ट्र भएको पनि उनले बताए। ‘चीन हाम्रो मित्र राष्ट्र हो, किन नजाने त्यहाँ ?,’ उनले प्रश्न गरे। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima