Skip to content

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

गोरखा । यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । ‘सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,’ अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।’

सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T