Skip to content

चितवन राइनोजद्वारा काठमाडौं गुर्खाज पराजित

nabil
global ime
एनपीएल क्रिकेट प्रतियोगिता काठमाडौँ, १७ मङ्सिरः सामेबार कीर्तिपुर क्रिकेट मैदानमा जारी रहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा रन लिएपछि खुसियाली साटासाट गर्दैै राइनोज टिम। राइनोज टिमलाई काठमाडौँ गुर्खाजले जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५विकेटले पराजित गरेको छ ।

काठमाडौं गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।

बलिङतर्फ काठमाडौं गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए ।

केहीबेरमा अर्को खेल जनकपुर वोल्ट्स र कर्णाली याक्सबीच सुरु हुँदै छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima