Skip to content

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ। चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T