Skip to content

खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउँछुः मन्त्री यादव

nabil
global ime

मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले मोरङमा यस आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेगरी विभिन्न खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मोरङको सुन्दर हरैचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी आयोजनाको आज अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री यादवले मोरङका विभिन्न खानेपानी आयोजना अगाडि बढाउन स्रोत सहमति तत्काल उपलब्ध गराइने बताए । उनले भने, ‘कामको समय सुरु भएको छ, स्रोत सहमति म उपलब्ध गराउँछु, खानेपानी आयोजनाको तीव्रगतिमा काम गर्नुहोला ।’

मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न आयोजना प्रमुख सुरतलाल चौधरीलाई समेत निर्देशन दिएका थिए । उनले भने, ‘सुन्दरपुर खानेपानी आयोजनाको कार्यक्षेत्र बढी भएकाले हालको पानी टयाङ्कीले नभ्याउने भएको हुँदा नयाँ खानेपानी टयाङ्कीको क्षमता र पाइप लाइन विस्तारका लागि काम अगाडि बढाउनुहोला ।’

यसैगरी, मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा थप चार लाख ५० हजार लिटर क्षमताको ओभरहेट ट्याङ्की निर्माण गरी सो ट्याङ्कीबाट उपभोक्तलाई शुद्ध पानी वितरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिएको आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।

उक्त अनुगमन तथा निरीक्षणमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सुन्दरपुर खानेपानी आयोजनाका कर्मचारी एवं पदाधिकारीलगायतको सहभागिता थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima