काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसूचक उच्च अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य घटेको दिन नेप्से परिसूचक ३१ अंकले घटेको हो ।
सेयर बजार उच्च अंकले घटेको दिन नारायणी डेभलपमेन्ट बैंक, माया खोला हाइड्रोपावर, मानुषी लघुवित्त, रिभर फल्स पावर र राप्ती हाइड्रोपावर एण्ड ग्रिन जनरल कन्स्ट्रक्सन लिमिटेड रहेका छन् । आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.२१ प्रतिशत अर्थात् १३२ रुपैयाँले घटेर १ हजार ३०१ रुपैयाँ पुगेको छ । त्यस्तै आज माया खोला हाइड्रोको सेयर मूल्य ३८ रुपैयाँ ३० पैसाले घटेर ५३९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६३ प्रतिशतले कम हो ।
त्यस्तै आज मानुषी लघुवित्तको सेयर मूल्यमा पनि ५.८० प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य १३१ रुपैयाँले घटेर २ हजार १२९ रुपैयाँ पुगेको छ । त्यस्तै आज रिभर फल्स पावरको सेयर मूल्य ५४ रुपैयाँ ७० पैसाले घटेर ८९१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य २३ रुपैयाँले घटेर ४७७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६० प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्