Skip to content

सामाजिक सुरक्षा कोषले माग्यो निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारी

काठमाडौं । सामाजिक सुरक्षा कोषले शुक्रबार सूचना प्रकाशित गर्दै निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।

उक्त कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट गर्ने जनाएको छ। बाँकीका लागि लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।

कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi