Skip to content
Prabhu

नेप्सेमा मुक्तिनाथ म्युचुअल फण्ड १ सूचीकृत

nabil

काठमाडौं । मुक्तिनाथ विकास बैंकको कोष प्रबर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ आज सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ। फण्डको १० अंकित दरको १२ करोड ५० लाख एकाइ (१५ प्रतिशत बिज पुँजीसहित) आज सूचीकरण भएको हो ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बीच नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal