Skip to content
Prabhu

सेयर बजार सामान्य बढेको दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको दिन ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज सेयर बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा सप्तकोशीको सेयर मूल्यमा १०५ रुपैयाँले वृद्धि भएर १ हजार १५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतलनै बढेको छ । यो कम्पनीको सेयर मूल्लय ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज प्रभु महालक्ष्मी लाइफको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूलय ५४ रुपैयाँ ४० पैसाले बढेर ५९९ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक र समृद्धि फाइनान्स कम्पनी रहेका छन् ।

आजको कारोबार बन्द हुँदा सिन्धु विकास बैंकको सेयर मूल्य ९.७७ प्रतिशत अर्थात् ८४ रुपैयाँ ९० पैसाले बढेर ९५३ रुपैयाँ ९० पैसा पुगेको छ । समृद्धि फाइनान्सको सेयर मूल्य पनि ५३ रुपैयाँ ५० पैसाले बढेर ६४४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.०६ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal