Skip to content
Prabhu

सेयर बजार बढ्दा पनि दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज सेयर बजारमा आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६७३ रुपैयाँ २० पैसाले घटेर ६ हजार ५८ रुपैयाँ ८० पैसा पुगेको छ भने दोल्ती पावरको सेयर मूल्य ८३ रुपैयाँ ८० पैसाले घटेर ७५४ रुपैयाँ २० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जि डेभलपमेट कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था र सनराइज फोकस इक्वीटी फण्ड रहेका छन् । आजको कारोबार बन्द हुँदा भुगोल इनर्जिको सेयर मूल्य ६९ रुपैयाँ ६० पैसाले घटेर ७५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४९ प्रतिशतले कम हो । त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ६.८८ प्रतिशत अर्थात् २२९ रुपैयाँ ९० पैसाले घटेर ४ हजार ५६ रुपैयाँ १० पैसा पुगेको छ । सनराइल फोकस इक्वीटी फण्डको सेयर मूल्य पनि ०.३४ रुपैयाँले घटेर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.४९ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal