काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको नगद लाभांश खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।
होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । सोल्टीले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (करसहितं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्