Skip to content
Prabhu

कहिले बाँडफाँट हुन्छ पियोर इनर्जीको आईपीओ ?

nabil

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण सेयर सेयर (आईपीओ) आगामी बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बिहीबार बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीको आईपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

global
अर्घाखाँची सिमेन्ट

जुन कम्पनीले निष्काशन गरेको आईपीओको १९.०२ गुणाबढी हो । कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यसरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal