Skip to content
Prabhu

सेयर बजार करिब १० अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

nabil

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार करिब १० अंकले घटेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार ९ दशमल ९६ अंकले घटेर २६८८ दशमलव ३२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९१ अंकले घटेर ४५१ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको सेयर मूल्य बढेको छ ।

global
अर्घाखाँची सिमेन्ट

परिसूचसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ७१ हजार ६९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal