Skip to content
Prabhu

सेयर बजार सामान्य घटेको दिन २ कम्पनीमा सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको दिन २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८३ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ५८ रुपैयाँ ८० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा मकर जितुमाया सुरु हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । आज जितुमाया सुरीको सेयर मूल्य ५४ रुपैयाँ ४६ पैसाले बढेर ७८३ रुपैयाँ ७९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४७ प्रतिशतले बढी हो ।

आज ग्रिन लाइफको सेयर मूल्य १३ रुपैयाँ ७१ पैसाले बढेर २७२ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिदनको भन्दा ५.३० प्रतिशतले बढी हो । त्यस्तै नेपाल रिको सेयर मूल्य ६० रुपैयाँ २५ पैसाले बढेर १ हजार ३०९ रुपैयाँ ९४ पैसा पुगेको छ। यो अघिल्लो दिनको भन्दा ४.८३ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal