Skip to content
Prabhu

सेयर बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबार सेयर बजार एकल अंकले घटेर कारोबार बन्द हुँदा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज १६० कम्पनीको सेयर मूल्य घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य २७४ रुपैयाँ ६० पैसाले घटेर २ हजार ४७१ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा एनआइसी एसिया ब्यालेन्स फण्ड, ङादी ग्रुप पावर, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र युनिक हाइड्रोपावर छन् । आज एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य ५.१८ प्रतिशत अर्थात् ०.४८ रुपैयाँले घटेर ८ रुपैयाँ ७८ पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज ङादी ग्रुपको सेयर मूल्य १३ रुपैयाँ १४ पैसाले घटेर ३२५ रुपैयाँ ९२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.८८ प्रतिशतले कम हो । आज हाइड्रो इलेक्ट्रिसिटीको सेयर मूल्इ ३.७९ प्रतिशत अर्थात् १२ रुपैयाँ ३२ पैसाले घटेर ३१२ रुपैयाँ ८७ पैसा पुगेको छ । आज युनिक हाइड्रोको सेयर मूल्य पनि १३ रुपैयाँ १९ पैसाले घटेर ३३६ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७८ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal