काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । गत चैत ९ गते नै समिति बनाए पनि गभर्नर छान्नका लागि एक पटक पनि बैठक नडाकिएको भन्दै सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।
भट्टराईले आज दिउँसो अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएको बताएका छन् । गभर्नर सिफारिसका लागि सरकारले अर्थमन्त्री पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा पूर्वगभर्नरका तर्फबाट भट्टराईलाई चयन गरिएको थियो । विज्ञ सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन् ।
प्रतिक्रिया दिनुहोस्