Skip to content

छ्याङ्दी हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला

nabil bank

काठमाडौं । आजदेखि छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिने भएको छ।

उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने छ।

उक्त कम्पनीले हकप्रद निष्कासन प्रयोजनाका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

यसमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi