Skip to content

नर्थ समिट हाइड्रोले आईपीओ ल्याउने बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र नर्थ समिट हाइड्रो लिमिटेडबीच नर्थ समिटले जारी गर्ने ३८ लाख ४० हजार कित्ता प्राथमिक सेयर निष्कासनका लागि सम्झौता भएको छ।

कुल ३८.४ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्शदाताको रूपमा नियुक्त गरिएको हो।

सो सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिटका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नर्थ समिटले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा न्यादी र फिदीखोलाको पानी उपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनीका रूपमा स्थापित मर्चेन्ट बैंकर हो, जसले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवाहरू प्रदान गर्दै आएको छ।

यो सम्झौताले नर्थ समिटको जलविद्युत आयोजनालाई वित्तीय रूपमा सुदृढ बनाउन र सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima