Skip to content

हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । जेठ ३० गतेदेखि हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले प्रथम चरणको आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रथम चरणको प्राथमिक सेयर आइपीओ निष्कासन गर्ने भएको हो ।

सो कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आइपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणमा निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २, साविक गोली गाविस–१, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीका लागि छुट्याइएको आइपीओमा भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति असार १३ गतेसम्म रहेको छ। तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा असार २९ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा सत जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितले आवेदनका लागि दरखास्त फाराम बापत २ रूपैयाँ तिर्नु पर्नेछ।

कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi