Skip to content

धितोपत्र बोर्डलाई दबाबमा पार्ने प्रयासबाट सचेत भएर बजार विकासमा लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डलाई दबाबमा पार्ने प्रयासबाट सावधानी पुर्‍याएर बजार विकासमा केन्द्रित हुन आग्रह गरेका छन्।

बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा उनले सेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गरे। गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिए।

पुँजी बजारको विकासमा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले बजारमा नयाँ उपकरणहरू पनि प्रयोग गर्न सुझाव दिए।

सरकारले आउँदो आर्थिक वर्षको बजेटबाट सेयर बजारको सुधारमा अपेक्षा रहेको जानकारी दिए। उनले बोर्डको भूमिकालाई गुणात्मक रूपमा सुधार गर्न चाहेको बताए।

नियमनले राम्रो कामलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई दण्डित गर्नुपर्ने धारणा व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi