Skip to content

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री

nabil bank

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज आइतबारदेखि हकप्रद सेयर निष्काशन र बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यसअनुसार, कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयरको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। सोही अनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३१ लाख ६३ हजार कित्ता सेयर निष्कासन गरिनेछ, जसको कुल रकम ३१ करोड ६३ लाख रुपैयाँ हुनेछ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरिसकेको छ। त्यसअन्तर्गत असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। यो हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi