Skip to content

ह्युमपाइपको माटो बाढीले बगाएपछि बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

nabil bank

काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएपछि ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

नाला क्षेत्रमा आइतबार साँझदेखि परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।

फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi