Skip to content

प्रिओपन सेसनमा नेप्से ९ अंकले बढ्यो

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढ्यो ।

आइतबार २.४० अंक बढेर २७०६.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.०३ अंक बढेर २७१५.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०९ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ७३ स्टकको १२६ पटकको कारोबारमा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँबराबरको २६ हजार ५३४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T