काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २२.३५ अंकले घटेर परिसूचक २६८४.०१ बिन्दु कायम भएको छ ।
कारोबारमा ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ । कारोबारमा होटल बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् ।












प्रतिक्रिया दिनुहोस्