Skip to content

सेयर बजार २२ अंकले बढ्यो, कारोबार साढे सात अर्ब

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेको छ । साताको दोस्रो सोमबार र तेस्रो मंगलबार कारोबार सेयर बजार घटेको थियो । बुधबार नेप्से सेन्सेटिभ इण्डेक्स ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

बुधबार सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ । आज यस क्षेत्रको सेयर मूल्य १.६८ प्रतिशत बढेको छ।

यसैगरी, लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ, भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।

आज बरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi