Skip to content

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ७७ जना कर्मचारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबार विज्ञापन जारी गर्दै नवौं तहको सहविभागीय प्रबन्धकदेखि चौथो तहको सहायक मिल हेल्परसम्मका कर्मचारी मागेको हो। सो कम्पनी विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ।

विभिन्न पदका लागि योग्यता पुगेका र इच्छुक नेपालीहरूले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि पदअनुसार शुल्क निर्धारण गरिएको छ।

दरखास्त दिने अन्तिम मिति साउन १५ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर साउन २२ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T