Skip to content

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

उक्त कम्पनीले १८८ मेगावाटको सुर्के दूधकोशी जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima