Skip to content

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले एकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

सो फण्डले करसहित ३।८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन २० गते बसेको फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima