Skip to content

सेयर बजार सामान्य अकंले घट्याे, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले घटेकाे छ । बुधबार सेयर बजार मापक नेप्से सूचक १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा आइपुगेको छ । बुधबार कारोबार रकम भने मंगलबारको तुलनमा घटेको छ।

मंगलबार ९ अर्ब ३३ करोडको सेयर कारोबार भएको बजारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

आज लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

आज कारोबारमा आएको ३ कम्पनीको सेयस मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ४५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima