Skip to content

स्वाभिमान लघुवित्तको खराब कर्जा घटेपछि नाफा उल्लेख्य बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ।

उक्त लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१९.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सो लघुवित्तको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८६.४३ प्रतिशत बढेर २० करोड ५० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी २४ करोड ६८ लाख र सञ्चालन मुनाफा १० करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको छ । १५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi