Skip to content

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म आईपीओमा आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

जसमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँको ३ लाख ९ हजार ९३८ कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य दिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima