Skip to content

साेमबार प्रिओपन सेसनमा नेप्से साढे १८ अंकले बढ्यो

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंकले बढेको छ।

आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा बन्द भएको थियाे । आज सो सेसनमा १८.५६ अंक बढेर २७६८.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.१० अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ६८ स्टकको ९९ पटकको कारोबारमा १५ लाख ९९ हजार ७९५ रुपैयाँ ७० पैसाबराबरको २ हजार ८४१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima