Skip to content

एसवाई प्यानलले असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । एसवाई प्यानल नेपालले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमा प्रतिकित्ता सय रुपैयाँको दरले २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गर्न लागेको छ ।

आईपीओमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीले प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँको ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुका लागि निष्कासन गर्ने जनाएको छ ।

यस्तै कम्पनीले कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर छुट्याएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा आयोजना प्रभावित स्थानीयले बिक्री प्रबन्धक प्रभु क्यापिटल, एसवाई प्यानल नेपाल, प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi