Skip to content

सेयर बजार उच्च अंकले बढ्यो, कारोबार रकम करिब ५ अर्ब

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो ।

सोमबार सेयर बजार मापक नेप्से सूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स १.९७ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

आज कारोबारमा आएका १३ उपसमूह नै हरियाली भएका छन् । आज कारोबारमा आएको अन्य उपसमूहतर्फको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस उपसमूहको सेयर मूल्य आज ५ प्रतिशतभन्दा धेरै बढेको छ । यसैगरी, जलविद्युत कम्पनी उपसमूह, लगानी उपसमूह र व्यापारिक उपसमूहको सेयर मूल्य २ प्रतशितभन्दा धेरै बढेको छ ।

सोमबार कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लागेको हो ।

यसैगरी, आज इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३१ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यसैगरी, आज नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima