Skip to content

सेयर बजारमा गिरावट कायमै, बैंक बाहेक सबै उपसूचक राताम्मे

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १८.४० अंकले घटेर परिसूचक २४८७.१७ बिन्दु कायम भएको छ ।

सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार ३११ कम्पनीको ७६ लाख ४३ हजार ६५३ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ रुपैयाँको सेयर कारोबार भएको छ । आज भएको कारोबारमा बैंकिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । वाणिज्य बैंक समूहको उपसूचक ०.३५ अंकले बढेको छ ।

यस्तै विकास बैंक ६१.६०, वित्त २६.४४, होटल ३१.०७, जलविद्युत ३२.७६, जीवन बीमा १०१, उत्पादन तथा प्रशोधन ५२.५२, माइक्रोफाइनान्स ३४.६७, निर्जीबन बीमा ५६.११, अन्य ५०.६१ र ट्रेडिङ समूहको उपसूचक १४.७७ अंकले घटेको छ । यो दिन ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा हिमालयन पावर पार्टनर, कालिका लघुवित्त, इन्फिनिटी लघुवित्त, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने समाज लघुवित्त युनिक नेपाल लघुवित्त, समता घरेलु लघुवित्त, अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima