Skip to content

सुन–चाँदीको मूल्य अन्तर नजिकिँदैः चाँदी किन्दा प्रतिफल बढी, बजारमा अभाव

nabil
global ime
  1. काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य अन्तर निरन्तर घट्दै जाँदा लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएका छन्। सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर उच्च रहेकाले बढी प्रतिफल पाइरहेको लगानीकर्ता बताउँछन्।

गत वैशाखमा प्रतितोला ९४.५४ गुणा रहेको सुन–चाँदी मूल्य अन्तर शुक्रवारसम्म प्रतितोला ७७.०१ प्रतिशतमा झरेको छ। वैशाख यता सुनको मूल्य प्रतितोला १.३९ गुणा बढ्दा चाँदीको मूल्य प्रतितोला १.७० गुणाले बढेको छ। यसले सुनमा लगानी गर्दाभन्दा चाँदीमा लगानी गर्दा धेरै ‘प्रोफिट’ पाइने भएको हो।

विगत केही महिनादेखि सुन र चाँदीको मूल्य अन्तर साँघुरिँदै गएको छ। यसको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा चाँदीको मागमा भएको वृद्धि र औद्योगिक प्रयोगमा यसको बहु उपयोगिता हो। सौर्य ऊर्जा प्यानल, विद्युतीय सवारी साधन र विभिन्न इलेक्ट्रोनिक्स उपकरणहरूमा चाँदीको प्रयोग बढ्दै गएकाले यसको माग उच्च भएको छ। मूल्य वृद्धिसँगै बजारमा चाँदीको अभाव देखिन थालेको छ। माग अनुसार आपूर्ति हुन नसक्दा यस पटकको तिहारमा चाँदी पुर्याउनका लागि धौ–धौ परिरहेको व्यवसायीहरू बताउँछन् ।

‘अहिले बजारमा काँचो चाँदी किनेर राख्ने एक खालको प्रवृत्ति सिर्जना भएको छ । एक जनाले नै एक केजीसम्मको काँचो चाँदी किनेर राख्ने गरेका छन् ।’ न्युरोडस्थित निर्जा ज्वलर्सका सञ्चालक दिलन शाक्य भन्छन्,‘तिहारको चाँदीबाट बनाएका भाँडाहरू भने पाउन केही सहज नै छ । तर, काँचो चाँदी भने अभाव छ।’

उनका अनुसार पहिले नै बनाएर राखेका चाँदीका गहना तथा भाँडाकुँडा किन्न भने समस्या छैन । तर, नयाँ चाँदी भने अभाव रहेको छ । चाँदीको अभावका कारण गरगहना बनाउने कालिगढहरूलाई काम गर्न समस्या भइरहेको उनी बताउँछन् । उपभोक्ताहरूले पनि चाहेको मात्रामा चाँदीका गरगहना पाउन सकेका छैनन्। यसले गर्दा केही समयका लागि चाँदीको मूल्यमा अझै चाप पर्न सक्ने अनुमान गरिएको छ।

बजारमा देखिएको चाँदी अभावको कारण आगामी दिनमा यसको मूल्य अझ बढ्न सक्ने व्यवसायीहरू बताउँछन्। तत्कालीन अवस्थामा चाँदीको माग उच्च छ। तर, आपूर्ति मागभन्दा कम छ । जसको कारण बजारमा चाँदीको अभाव देखिएको व्यवसायीहरू बताउँछन्। वैशाखमा १ लाख ८५ हजार रुपैयाँ रहेको सुनको मूल्य असोज अन्तिमसम्म आउँदा २ लाख ५८ हजार पुगेको छ । गत वैशाखमा १ हजार ९६० रहेको चाँदीको मूल्य असोज मसान्तसम्म आउँदा ३ हजार ३५० पुगेको छ।

‘पछिल्लो समय सुनको मूल्य धेरै उच्च छ, त्यसैले सामान्य लगानीकर्ताले थोरै मात्रमा पनि लगानी गर्न सक्दैनन्।’ सुन–चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणिक रत्न शाक्य भन्छन्,‘चाँदी सस्तो भएकाले साना–सानो लगानीकर्ताले पनि सजिलै खरिद र बिक्री गर्न सक्छन्।’ चाँदी सबैको पहुँचमा भएको कारण यसमा लगानी गर्ने लगानीकर्ताको सङ्ख्या पनि धेरै रहेको शाक्य बताउँछन्। जसले गर्दा बजारमा चाँदीको माग उच्च रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय चाँदीको उपयोग इलेकट्रोनिक्स, औद्योगिक उत्पादन लगायतमा बढ्दो छ। जसको कारण पनि अन्तर्राष्ट्रिय बजारमा नै चाँदीको उत्पादन कम र आम बढी भएको कारण यसको अभाव बढ्दो अवस्थामा रहेको व्यवसायीहरू बताउँछन्। ‘चाँदीको माग स्थायी रूपमा बढ्दो छ, जसले मूल्यमा दीर्घकालीन स्थायित्व दिन्छ।’ शाक्य भन्छन् ।

चाँदीको मूल्य सुनसँग सहसम्बन्धित हुन्छ। जब सुनको मूल्य बढ्छ, चाँदी पनि बढ्ने सम्भावना हुन्छ। तर, चाँदीको मूल्य कम हुने भएको कारण छोटो अवधिमा बढी प्रतिशत लाभ कमाउने सम्भावना रहने व्यवसायीहरू बताउँछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima