Skip to content

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, कुन आयोजनामा गर्दैछ लगानी ?

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्नको लागि विद्युत नियमन आयोगले स्वीकृती दिएको हो। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६९.८९ प्रतिशत मध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यसैगरी, कम्पनीले बाँकी १७.४१ प्रतिशत हकप्रदको पैसा बैंकको ऋण तिर्नको लागि प्रयोग गर्ने जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi