Skip to content

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। आइतबार सेयर कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ। तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेको छ। यसैगरी, आज जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

आज एसबिएल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। यसैगरी, आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । आज कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi