Skip to content

सेयर बजारमा उच्च अंकको सुधार, कारोबार रकम पनि बढ्यो 

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ।  आज सेन्सेटिभ इण्डेक्स ११.९७ अंक बढेको छ। यसैगरी, फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक बढेको छ।
आज सेयर बजारसँगै कारोबार रकम पनि बढेको छ। गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी १ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ। यसैगरी, आज वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको हो।
आज कारोबारमा आएको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज राधी विद्युत् कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।  कारोबारमा आएको हिमालयन पावर पार्टनरको सेयर मूल्य यस दिन सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज युनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।  राधी विद्युत् कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi