Skip to content

नेपाल फाइनान्सको संस्थापक सेयर २ लाख २६ हजार कित्ता बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयरधनी विजयबहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सो कम्पनीले हाल उक्त सेयर नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ।

सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर मूल्य समेत खुलाएर निवेदन दिनुपर्ने छ। तर, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima