Skip to content

तेह्रथुम पावरको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य घटे पनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशत घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा ०.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५४.५८ प्रतिशत घटेको छ जसका कारण खुद नाफा बढ्न पुगेको हो।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ रुपैयाँ ९१ पैसा घटेर २८ रुपैयाँ १२ पैसामा सीमित भएको छ। खुद नाफाको तुलनामा चुक्ता पूँजी वृद्धिदर बढी भएका कारण प्रतिशेयर आम्दानी घट्न पुगेको हो। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima