Skip to content

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

उक्त कम्पनीले प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १०० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।

बोलपत्र आज सोमबार कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेभित्र पेस गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति वा संघसंस्थाहरूले समेत बोलपत्र पेस गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima