Skip to content

निरञ्जन फुयाँलले दिए नेप्सेबाट राजीनामा 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का बरिष्ठ प्रबन्धक निरञ्जन फुयाँलले पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गतेबाट नै लागु हुने गरी  राजीनामा दिएका हुन्।
नेप्सेका कर्मचारीको आन्दोलनको कारण उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको छ । फुयाँल नेप्सेबाट राजीनामा दिएर निजी क्षेत्रको कम्पनीमा जाने भएका छन्।
उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी (एनआरएन)को प्रमुख कार्यकारी अधिकृतको रूपमा जाने तयारीमा रहेको एक श्रोतले बतायो। गैर आवासीय नेपालीको मुख्य लगानीमा स्थापना भएको उक्त इन्भेस्टमेन्ट कम्पनी नेप्सेमा सूचीकृत छ। जसले गर्दा उनले जाँदै गरेको विषयमा बोल्न मिल्दैन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi